Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भेटवार्ता

सञ्चारमन्त्री खरेलसँग एनआरएनएका अध्यक्ष डा. केसी

सञ्चारमन्त्री खरेलसँग एनआरएनएका अध्यक्ष डा. केसी

  • काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका जगदीश खरेललाई बधाई ज्ञापन गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    सिंहदरबारस्थित मन्त्री  खरेलको कार्यकक्षमा बिहिबार सांझ भएको भेटका  अवसरमा संविधान संशोधनमार्फत गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता, मताधिकारको सुनिश्चितता, लगानी सुरक्षाको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटनलगायत क्षेत्रमा सीप र ज्ञान हस्तान्तरणका लागि नीतिगत व्यवस्था गर्न संघको तर्फबाट अध्यक्ष डा. केसीले अनुरोध गरेका थिए ।

    AGNI GROUP

    त्यस्तै, वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सामाजिक सुरक्षा र उनीहरूको सीप तथा पुँजीलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सहजीकरण गर्नुपर्ने संघको धारणा रहेको अध्यक्ष डा.केसीले बताए ।

    संघले ऐतिहासिक जेनजी आन्दोलनपश्चात गठन भएको अन्तरिम सरकार सफल हुनेमा विश्वभरका गैरआवासीय नेपालीहरूलाई विश्वास रहेको उल्लेख गर्दै, मातृभूमिको समृद्धिका लागि सहकार्य गर्न संघ सदैव तत्पर रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

    भेटमा संघका सल्लाहकार टिबी कार्की, पुर्व आइसीसि सदस्य  सन्तोष भट्टराई, राष्ट्रिय समन्वय परिषद् इजरायलका पुर्व अध्यक्ष  दिपक ओली, कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत लगायतको पनि उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij