Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एमाले सचिवालय बैठक

ओलीले नेतृत्व छोड्ला ?

ओलीले नेतृत्व छोड्ला ?

  • काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    शनिबार बस्ने भनिएको बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सचिवालय बैठक स्थगित भएको थियो । शुक्रबारदेखि सुरु भएको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजेदेखि ओलीको भक्तपुरस्थित निवास गुण्डुमा बस्दैछ ।    

    AGNI GROUP

    बैठकमा अध्यक्ष ओलीले नेतृत्व छोड्नुपर्ने माग बढेपछि दबाबमा रहेका छन् । सचिवालयका अधिकांश सदस्यले ओलीले पद छोड्नुपर्ने माग गरेका छन् । १९ सदस्यीय केन्द्रीय सचिवालयमा हाल १८ जना रहेका छन् । जसमा ओलीको पक्षमा उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा सचिव पदमा अर्याल मात्र देखिएका छन् । 

    यसअघि शुक्रबार बसेको बैठकमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले  लिखित रुपमै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij