Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौ । नेपाली कांग्रेस जिल्ला सम्पर्क समन्वय समुहका सभापतिहरु नियमित महाधिवेशनको पक्षमा उभिएको छ । नियमित अधिवेशन गर्न नसके विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तनको पक्षमा यो समुह उभिएको हो ।
महामन्त्री गगन थापाले पेस गरेको पुस १६ को डेडलाईनभित्र महाधिवेशन गर्न सकिने पनि समुहले प्रष्ट पारेको छ । जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा नेतृत्व परिवर्तन गरि नयाँ जोस जागरका साथ निर्वाचनमा होमिन समुहले आग्रह गरेको छ ।
महाधिवेशन माग गर्ने उपत्यका सम्पर्क समितिका सभापतिहरुमा खिलानाथ लुइँटेल ओखलढुंगा, सुभाष कोइराला रौतहट, ओम शर्मा चापागाईं पर्बत, खिमानन्द बस्याल पाल्पा, दिपक उप्रेती झापा, भक्ती भट्टराई ताप्लेजुङ, निर्मल रिजाल पाँचथर, ऋषिश्वर थपलिया चितवन, बाबुराम आचार्य सुनसरी
त्यस्तै, दिपक चन्द्र बराल कास्की, राम वाग्ले उदयपुर, नवीन जोशी झापा, सन्दीप बराल कास्की, युबराज गुरुङ सिन्धुली, बिमला बस्याल पाल्पा, लक्ष्मी नारायण तिमिल्सिना पाँचथर, प्रदीप बस्नेत रामेछाप, अरुण पराजुली पर्बत, काशीनाथ आचार्य खोटाङ, बजिय अर्सद कपिलवस्तु, रोनी पुन रोल्पा, राजन केसी सल्यान, महेन्द्र कार्की जुम्ला र मीन बहादुर थापा धनकुटा रहेका छन ।
यो समुह काठमाडौ उपत्यका सम्पर्क समितिका सभापतिहरुको सामुहिक समुह हो । यो बाहिरी जिल्लाको काठमाडौमा सम्पर्क स्थापित गर्न सक्रिय कांग्रेसको समिति अन्तर्गतको समुह हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij