Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं। हेलमेट ब्रान्ड केपीआई फ्रेन्चाइज क्रिकेट क्लब लुम्बिनी लायन्सको सेफ्टी पार्टनर बनेको छ। नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो सिजनका लागि लुम्बिनी लायन्स र केपीआई हेलमेट उत्पादक कम्पनीबीच सम्झौता भएको छ।
'सम्झौता यो सिजनका लागि भएको हो। तर हामीबीच दुई वर्ष निरन्तर सहकार्य गर्ने आपसी समझदारी छ', कोहीनुर प्लास्टिक इन्डस्ट्रिजका अध्यक्ष सुमन बस्यालले भने, 'मेड इन नेपाललाई क्रिकेटमार्फत ब्रान्डिङ गर्न पाउँदा खुशी लागेको छ।'
यो सहकार्य लामो समयका लागि हुनेछ। कोहीनुर प्लास्टिक इन्डस्ट्रिजले विदेशबाट कच्चा पदार्थ ल्याएर देशभित्र हेलमेट उत्पादन गर्दै आएको छ।?
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij