Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

लुम्बिनी लायन्ससँग जोडियो नेपाटप

लुम्बिनी लायन्ससँग जोडियो नेपाटप

  • काठमाडौं । निर्माण सामाग्री उत्पादन एवं वितरणमा छुट्टै पहिचान बनाउन सफल कम्पनी नेपाटप अर्गनाईजेशन काठमाण्डौमा मंसिर १ गतेदेखि शुरु हुने दोस्रो नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्ससँग जोडिएको छ । नेपाटप अर्गनाईजेशनका अध्यक्ष दिपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सम्झौतापछि लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले नेपाटप जस्तो प्रतिष्ठित ब्राण्डसँगकोसाझेदारीले टोलिलाई यो सिजनमा थप हौसला प्रदान गर्ने एवं खेलकुदमा नीजि एवं व्यवसायिक क्षेत्रकोप्रवेशमा अझ फराकिलो आधार तयार गर्ने धारणा व्यक्त गरेका छन् ।
    नेपाटप अर्गनाईजेशनका अध्यक्ष दिपक श्रेष्ठले पछिल्लो समय सबै पुस्तामा लोकप्रिय रहेको क्रिकेट खेलकोविकासमा बुद्धभुमिको सन्देश बोकेको लुम्बिनी लायन्ससँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै खेलकुदप्रर्वद्धन मार्फत समाजलाई एकताको सकारात्मक सन्देश दिने एवं स्थानीय युवाहरुको प्रतिभा प्रष्फुटनगराउने कार्यमा कम्पनीको सदैव साथ रहने घोषणा गरेका छन ।

    AGNI GROUP

    पछिल्लो समय क्रिकेट प्रतियोगिता मार्फत खेलकुदमा जोडिएको नेपाटप वाटर टैंक, पि.पि.आर. पाईपतथा फिटिङ्गस्, युपिभिसी.पाईप तथा फिटिङ्गस्, सिपिभिसी । पाईप तथा फिटिङ्गस्, युपिभिसी.झ्याल ढोका, एच.डि.पि.ई. पाईप, डि.डब्ल्यु, सि. पाईप, स्टेनलेस स्टिल पाईप, स्टेनलेस स्टिल टैंकलगायतका विभिन्न निर्माण सामाग्री उत्पादन तथा पानी तान्ने पम्प, ग्याँस गिजर, ईलेक्ट्रिक गिजरलगायतका सामाग्रीहरु वितरण गरिरहेकोस्वदेशी बजारमा प्रचलित ब्राण्ड हो ।

    सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा नेपाटप अर्गनाईजेशनका प्रबन्ध निर्देशक अमृत प्रसाद द्धा, बरिष्ठबजार व्यवस्थापक विनोद महत एवं लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेकोउपस्थिती रहेको थियो । राष्ट्रिय टोलिका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सबाटनेपाली सहित अष्ट्रेलिया, अफगानीस्थान, नामिबिया र ईटालीका अन्तराष्ट्रिय खेलाडीहरुले खेल्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij