Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय

  •  

    काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ। सानेपामा बसेको केन्द्रीय समिति बैठकले मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।  

    onlinepatrika
    Arghakhachi

    बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, प्रतिनिधिसभा निर्वाचनको मितिको निर्वाचन घोषणा भइसकेको अवस्थामा मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय भएको जानकारी दिएका छन् । 

    AGNI GROUP

    प्रवक्ता महतले  प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको पनि बताए ।  साथै कांग्रेसले तत्काल शान्ति सुरक्षाको व्यवस्था मिलाउन र निर्वाचनको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

    कांग्रेसले लहड वा आवेशमा राजनीतिक दल र नेताहरुलाई प्रतिबन्ध लागाउने कार्यले लोकतन्त्रको हिट नगर्ने भन्दै संवाद र वार्ताबाट समस्याको समाधान निकाल्न सबैलाई आग्रह गरेकोछ ।

    प्रवक्ता महतले महाधिवेशन बारे नेताहरु सहमति नजिक पुगेको र मङ्सिर ११ गते फेरी बैठक बस्न लागेको बैठकले आवश्यक निर्णय लिने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij