Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

  • चितवन । गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन् । उनीहरुले परिचय पत्रसमेत लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    जिल्लामा भएका १४२ जना घाइतेमध्ये उनीहरुले राहत रकम लिएका हुन् । दुई जना छुटको नाम समावेश गर्न गृह मन्त्रालयमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्मा गौतमले बताए ।

    AGNI GROUP

    उनका अनुसार अहिलेसम्म अपेक्षाकृत रुपमा घाइतेहरु परिचय पत्र बनाउन र राहत रकम बुझ्न आएका छैनन् । उनले भने, “कतिपयले सामान्य घाइते हो भन्दै आउन नखोजेको पाइएको छ ।” जेनजी आन्दोलनका जिल्ला नेतृत्वहरुले यसलाई लिखत रुपमा दिन प्रशासनले आग्रहसमेत गरेको छ ।

    स्थायी ठेगाना अन्य जिल्ला भएका घाइतेहरुले आफ्नो जिल्लाबाट रकम लिएको हुन सक्ने भएकाले दोहोरो नपर्ने गरी काम गर्नुपर्ने उनले बताए । “स्थायी ठेगाना भएको ठाउँबाट राहत रकम नबुझेको प्रमाण पेस गरे हामीले राहत र परिचय पत्र दिन्छौँ”, उनले भने । घाइतेहरुको वर्गीकरणको काम यही साताभित्र गर्ने तयारी गरिएको उनले जानकारी दिए । घाइतेलाई राहत स्वरुप सरकारले रु २० हजार दिने निर्णय गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij