Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मङ्सिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका २७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनका मृत्युवरण गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेनजी शहिद दिवसको रूपमा मनाउने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
त्यसैगरी बैठकले जेनजी आन्दोलनका क्रममा सहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमान, श्रीमती, अविवाहित छोरी/अविवाहित छोरालाई गृहमन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।
त्यस्तै सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष कुमार शर्मा आचार्यलाई मनोनित गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख रुपैयाँ वा सो भन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैङ्किङ उपकरणबाट गर्नुपर्नेगरि नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको छ ।
यस्ता छन् सरकारका निर्णयहरुः



© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij