Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सेफ ड्राईभ ईन्डिया र दादा ड्राईभिङ्ग, नेपाल बिच सम्झौता

सेफ ड्राईभ ईन्डिया र दादा ड्राईभिङ्ग, नेपाल बिच सम्झौता

  • काठमाडौं । भारत लगायत दक्षिण एशियामा सडक सुरक्षा एवं जन चेतना फैलाउँदै आएको संस्था सेफ ड्राईभ इन्डिया र नेपालमा विगत केही वर्षदेखी सडक सुरक्षा तथा चेतनामुलक कार्यमा जोडिदै आएको कंपनी दादा ड्राईभिङ्ग एण्ड सेफ्टी स्कुल बिच नेपालमा यसै विषयको कार्यक्रम संचालन गर्ने सम्झौता भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सेफ ड्राईभ इन्डिया का संस्थापक धिरेन्द्र सायामिन र दादा ड्राईभिङ्ग एण्ड सेफ्टी स्कुल का निर्देशक मिना दहाल न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका छन् । विश्वमा दैनिक सरदर ३५०० जनाले सडक दुर्घटनामा ज्यान गुमाउने गरेका छन् ।

    AGNI GROUP

    नेपालमा पनी यो तथ्यांक कहाली लाग्दो छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८१–८२ मा मात्रै २२६७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । ट्राफिक नियमको ज्ञानमा कमी हुँनु र ज्ञान भएका ले पनी यस्को ईमानदारिता पुर्वक पालना न गर्नाले ठुला दुर्घटना हुने गरेको बताउँछन सायामिन ।

    प्रत्यक विषयमा सरकारको ध्यान जान र सरकारले मात्रै गर्नु पर्छ भत्रे संम्भव न रहेकाले हाम्रो जस्तो संस्थाले यस क्षेत्रमा थोरैमात्र भएपनी कार्य गर्ने र आउँदा दिनहरुमा विभित्र सरोकारवाला हरुसङ्ग मिलेर नेपालमा सडक सुरक्षा तथा जन चेतनाको कार्यक्रम संचालन गर्ने बताउँछिन दादा ड्राईभिङ्ग एण्ड सेफ्टी स्कुलकी निर्देशक मिना दहाल न्यौपाने ।

    दुर्घटना न्युनिकरण गर्न र एक जनाको मात्रैपनी ज्यान जोगाउँन सके हाम्रो कार्यक्रम सफल हुँने उनी बताउछिन । यस प्रकारका कार्यहरुले समाजमा अवश्यपनी सकारात्मक असरपर्ने दुुबै संस्थाका का प्रतिनिधीहरुले विश्वास जनाएका छन् । सौही अवसरमा सेफ ड्राइभ इन्डियाले दादा ड्राईभिङ्ग एण्ड सेफ्टी स्कुलको टोलीलाई डिफेन्सिभ ड्राईभिङ्ग को तालिम तथा प्रमाणपत्र समेत प्रदान गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij