Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौँ महानगरको ‘धुलोरहित सडक’ कार्यक्रम: अहिलेसम्म ५५ किलोमिटर सडक कालोपत्रे

काठमाडौँ महानगरको ‘धुलोरहित सडक’ कार्यक्रम: अहिलेसम्म ५५ किलोमिटर सडक कालोपत्रे

  • काठमाडौँ । काठमाडौँ महानगरको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रम अन्तर्गत अहिलेसम्ममा ५५ किलोमिटर सडक कालोपत्रे भएको छ । ३ बर्ष नियमित चल्ने कार्यक्रमको लागत २ अर्ब ५२ करोड ४७ लाख रुपियाँ रहेको छ । पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउने यो कार्यक्रम वहुवर्षिय योजना हो । यसका लागि हरेक वर्ष करिब १ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    वडाबाट प्राप्त भएका मागका आधारमा सार्वजनिक निर्माण विभागबाट सञ्चालन हुने कार्यक्रममा सडकका खाल्टाखुल्टी पुर्ने, मर्मत गर्ने, कालोपत्रे तथा आवश्यकता आधारमा ढलान गर्ने, ढल मर्मत गर्ने जस्ता काम हुन्छन् । यो कामका लागि २ अर्ब ९९ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको थियो । काठमाडौँलाई ४ भागमा बाँडेर बनाइएको प्याकेजमा सार्वजनिक खरिद प्रक्रियाबाट प्रतिस्पर्धामा छानिएकालाई कामको जिम्मा दिइएको छ । 

    AGNI GROUP

    यसमध्येको पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२  गरी ७ वटा वडा पर्छन् । यी वडामा काम गर्न करिव ९० करोड रुपियाँको लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट यसको कार्यादेश रकम ७९ करोड ५७ लाख रुपियाँ रहेको छ । कामको जिम्मा वल्र्डवाइड–कोहिनुर–रमिता जेभीले पाएको छ । निर्माण पक्षसँग २०८१ असोज १४ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । 

    योजनाको पूर्वी क्षेत्रका फोकल पर्सन वरिष्ठ इञ्जिनियर सन्दिप ढकालका अनुसार अहिलेसम्म १८ किलोमिटर सडक कालोपत्रे र ३.५ किलोमिटर सडक ढलान गरिएको छ । यसअन्तर्गत वडा नम्बर ६ को सिमलटार, पाटीटार नयाँ बस्ती, तीनचुली आरुबारी हुँदै बौद्ध सम्मको भित्री सडक कालोपत्रे गरिएको छ । वडा नम्बर ९ को बत्तीस पुतली क्षेत्रका सडक, वडा नम्बर ३२ का महादेवस्थान कोटेश्वर, बालकुमारी पुलदेखि दोभान पुलसम्म करिडोर, पेप्सीकोला प्लानिङ्भित्रका सडकहरु कालोपत्रे गरिएका छन् । 

    यस्तै सूर्यकोट र गैरी गाउँका विभिन्न भित्री सडक कालोपत्रे गरि सकिएको छ ।  पश्चिम क्षेत्रमा वडा नम्बर १३, १४, १५ र १६ पर्छन् । यस क्षेत्रका लागि पीआर के एण्ड के जी एण्ड अम्बुजासँग ६५ करोड ५७ लाख रुपियाँमा सम्झौता भएको छ । यस क्षेत्रका लागि ७४ करोड ९९ लाख रुपियाँ लागत अनुमान गरिएको थियो । निर्माण पक्षलाई २०८२ बैशाख ४ गते कार्यादेश दिइएको छ । यो कामको म्याद २०८४ वैशाख मसान्तसम्ममा रहेको छ ।

    कार्यक्रमको यस क्षेत्रका फोकल पर्सन वरिष्ठ इञ्जिनियर माधव काफ्लेका अनुसार ४ वटा प्याकेजमध्ये यो प्याकेजमा सबैभन्दा पछि सम्झौता भएकोले अहिलेसम्म डेढ किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको छ । करिब ८ किलोमिटर सडक सुधारको काम भइरहेको छ । 

    यसमा लामो समयदेखि स्वामित्व विवादमा रहेको बालाजु बाइपासबाट बालाजु उद्यान हुँदै बालाजु चोकसम्मको १ हजार १६० मिटर लामो सडकसहित बालाजु सडकसँगै विष्णुमती कोरिडोरअन्तर्गत वडा नम्बर १३, १४, १५ र १६ क्षेत्र, कुलेश्वर टेकु सडक, भगवती मन्दिर (कुमारी क्लव), कुलेश्वर लिङ्क मार्ग, शितला स्कुलदेखि नागरिक बजार चोक (जामाचो मार्ग), सोह्रखुट्टे पकनाजोल, चाक्सीबारी देखि जेपी चोकसम्म, कुलेश्वर फलफुल बजार, बालाजु हाइटको गणेश मन्दिर देखि नागार्जुन पर्खालसम्म, शितला मार्गदेखि पहिरा लिङ्क मार्ग, उमा महेश्वर मार्ग, रवि भवन, बल्खुको सर्भिस ट्रयाकसहितका सडकमा काम हुनेछ । 

    उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन् । यस क्षेत्रको कामका लागि आव्हान गरिएको सार्वजनिक बोलपत्रको सूचनाबाट आएका निर्माण पक्षमध्ये ढुकुछु–आरए जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ असार ७ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८३ असार मसान्तसम्म हो । करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ । यस क्षेत्रमा २३ किलोमिटर सडक कालोपत्रे भएको छ । ३ किलोमिटर सडक ढलान भएको छ । यसअन्तर्गत वडा नम्बर १ को दरबारमार्ग, नक्साल नागपोखरी, हात्तीसार र कमलादी क्षेत्र, वडा नम्बर ३ को बाँसबारी र महाराजगञ्ज क्षेका भित्री सडक, वडा नम्बर ४ को बालुवाटार, चुनदेवी, विशालनगरका भित्री सडकहरु, धुम्बाराही र सुकेधाराका भित्री सडकहरु कालोपत्रे भइसकेको छ । 

    वडा नम्बर २६ को मित्रनगरका भित्री सडकहरु, म्हेपी क्षेत्रका सडकहरु, वडा नम्बर २८ को अद्वैत मार्ग र बज्रवीर मार्ग, वडा नम्बर २९ को घट्टेकुलो मार्ग, वडा नम्बर ३० को सहिद मार्ग, राधे मार्ग, देवी मार्ग, गुर्जु मार्ग, धोवीधारा मार्गमा कालो पत्रे भएको छ । 

    मध्य क्षेत्रमा भित्री वडाहरु, वडा नं. ११, १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ पर्छन् । यस क्षेत्रको कामका लागि करिब ४५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत करिब ३४ करोड ३३ लाख रुपैयाँ कबोल गर्ने अर्याल-युएसजी-आरएस लक्ष्मी जेभिले कामको जिम्मा पाएको छ । निर्माण पक्षसँग २०८१ जेठ २९ गते सम्झौता भएको हो । सम्झौताको अवधि २०८४ जेठ मसान्तसम्म हो । 

    यस क्षेत्रमा ४.५ किलोमिटर सडक कालोपत्रे भएको छ । यस क्षेत्रबका फोकल पर्सन इञ्जिनियर समीर अधिकारीका अनुसार १.२ किलोमिटर सडक ढलान र १.५ किलोमिटर सडक ढुङ्गा छाप्ने काम भएको छ । मध्य क्षेत्रको वडा नम्बर ११ को सूर्य मार्ग, समिति मार्ग, कारागार मार्ग र कुमारी समिति मार्ग, वडा नम्बर १२, १७, १८, १९ र २० छुने विष्णुमती करिडोर, वडा नम्बर १२ को पचली भैरव सडक र पचली भैरव परिसर, वडा नम्बर १७ को इखापोखरी क्षेत्रपाटी सडक, क्षेत्रपाटी ढल्कु सडक, वडा नम्बर २७ को ज्याठा मार्गमा कालोपत्रे गरिएको छ । 

    वडा नम्बर ११ भोटेवहाल पीपलबोट सडक, वडा नम्बर १२ मा पर्ने टेकु ट्रान्सफर स्टेशन र दुवै वडा छुने वंशीघाट मार्गमा ढलान गरिएको छ ।  यसपछि वडा नम्बर ११ मा नदी करिडोरमा कालोपत्रे गर्ने कार्य, वडा नम्बर २१ मा ढल तथा सडक निर्माण, २३ र २७ मा ढुङ्गा छाप्ने कार्य सुरु हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij