Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने देउवाको इच्छा

डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने देउवाको इच्छा

  • काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले देउवासँगको भेटको तस्बीर सार्बजनिक गर्दै भेटमा सभापति देउवाले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा व्यक्त गरेको उल्लेख गरेका हुन् ।

    AGNI GROUP

    भेटमा देउवाले युवाहरुको पार्टी र आम निर्वाचनमा अर्थपुर्ण प्रतिनिधित्व गराउने विषयमा आफ्नो साथ रहने र पार्टीमा नवयुवाहरुको आकर्षण बढाउनु आवश्यक भएको बताएको भट्टले बताएका छन् ।

    उनले भनेका छन्-  'नेपाली काँग्रेसका सभापति, पुर्वप्रधानमन्त्री शेर वहादुर देउवाज्युसँग भेटघाट । आसन्न निर्वाचन र पार्टि महाधिवेशन वारे कुराकानी भयो । उहाँले डडेल्धुरावाट अन्तिम पटक चुनाव लड्ने इच्छा रहेको वताउनु भयो । साथै उहाँले युवाहरुको पार्टि र आम निर्वाचनमा अर्थपुर्ण प्रतिनिधित्व गराउने विषयमा आफ्नो साथ रहने र पार्टीमा नवयुवाहरुको आकर्षण बढाउनु आवश्यक भएको समेत भेटघाटमा बताउनुभयो ।'

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij