Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेनको र्‍याप रहेको ‘झरीपछिको इन्द्रेणी’ हेर्न रवि लामिछानेसहित नेताहरू हलमा

बालेनको र्‍याप रहेको ‘झरीपछिको इन्द्रेणी’ हेर्न रवि लामिछानेसहित नेताहरू हलमा

  • काठमाडाैं । अर्जुन घिमिरे (पाँडे) निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’ हेर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू कमलपोखरीस्थित बिग मूभिज पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi
    काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले समेत प्रचार गरेको यो चलचित्र हेर्न रविसहित चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत रहेकी निकिता पौडेल, रास्वपा नेताहरू गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, गणेश कार्कीसमेत हल पुगेका छन् । यो चलचित्रमा बालेनले एउटा र्यापसमेत गाएका छन् ।

    अहिले उनीहरूले आयोजित विशेष शोमा फिल्म हेरिरहेका छन् । रास्वपाबाट समानुपातिक उम्मेदवार बनेका गायक प्रकाश सपुत तथा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा पनि फिल्म हेर्न पुगेका छन् ।

    AGNI GROUP

    आज आयोजना गरिएको स्पेसल शोमा निर्देशक घिमिरेसहित चलचित्रका कलाकार पनि छन् । प्रदर्शनरत यो चलचित्र जेनजी आन्दोलनको पृष्ठभूमिमा केन्द्रित छ । ४ पुसदेखि हलमा रिलिज भएको यो चलचित्रले पछिल्लो शनिबारसम्म ६२ लाख ६९ हजार नेरु ग्रस कमाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij