Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

महानगरका सात प्रहरी नायव उपरीक्षकलाई दर्ज्यानी चिन्ह

महानगरका सात प्रहरी नायव उपरीक्षकलाई दर्ज्यानी चिन्ह

  • काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका सातजना वरिष्ठ नगर प्रहरी निरिक्षकलाई बढुवा गरी नगर प्रहरी नायव उपरीक्षक पदको दज्र्यानी चिन्ह प्रदान गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार काठमाडौं महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै उक्त दज्र्यानी चिन्ह प्रदान गरिएको हो।

    AGNI GROUP

    सोही क्रममा काठमाडौं महानगरपालिकका प्रहरी प्रमुख राजु पाण्डेले छुट्टै ऐन, पदपूर्ति प्रक्रिया र समितिलगायत रिक्त दरबन्दीमा स्वतः परिपुर्र्ति हुने २०८० सालमा महानगर प्रहरी ऐनलाई संशोधनसहित भर्खरै सम्पन्न भएको नगरसभाले ल्याएको बताए।

    उनले ३३ वर्षको अवधिमा ०७९ साल पछिको अहिले तीन वर्षको अवधि महानगरप्रहरी व्यवस्थित गर्नको लागि महत्वपूर्ण भएको पनि बताए।

    उनले भने, ‘२०८० सालमा महानगर प्रहरी ऐन ल्याइयो र संशोधनसहित २०८२ अस्ति भर्खर सम्पन्न भएको नगरसभाबाट ल्याइयो। त्यसपछि यसको छुट्टै ऐन, छुट्टै पदपूर्ति प्रक्रिया, छुट्टै समितिलगायत रिक्त दरबन्दीमा स्वत परिपुर्ति हुने, प्रहरी जवान, प्रहरी सहायक निरिक्षक, नगर प्रहरी निरिक्षक रहेका छन्। आन्तरिक रुपमा बढुवा हुने र खुल्ला रुपमा छनोट भएर प्रहरीहरु ल्याउने ऐन बनेको छ। महानगरप्रहरीको लागि यो कोशेढुंगा हो। ३३ वर्षको अवधिमा यो ०७९ साल पछिको अहिले तीन वर्षको अवधि महानगरप्रहरी व्यवस्थित गर्नको लागि ठूलो काम भएको छ।’

    आफू नरहे पनि महानगरप्रहरी सँधैँ रहने भन्दै यसको सानलाई जोगाउनको लागि जनताको विश्वास जितेर काम गर्ने तर्फ निर्देशित हुनुपर्ने पनि उनको भनाइ छ। अहिले पदोन्नती भएका एक जना महिलासहित सात जना रहेका छन्।

    उनले बढुवा भई नगर प्रहरी नायव उपरीक्षक पदको दज्र्यानी चिन्ह प्राप्त गर्ने सात जना प्रहरी मध्य एक जना महिला पनि रहेको जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij