Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि १० लाख नमुना मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा नमुना मतपत्र छपाइ गरेको हो ।
नमुना मतपत्र निर्वाचन शिक्षा कार्यक्रमका लागि प्रयोग गरिनेछ । यसका साथै समानुपातिक तर्फको मतपत्र छपाइ सुरू भएको निर्वाचन आयोगले जनाएको छ ।
सेतो कागजमा कालो मसी मतपत्रमा प्रयोग हुने बताइएको छ । आयोगले भैपरी आउने अवस्थाका लागि मतदाता संख्याभन्दा १० प्रतिशत बढी मतपत्र छपाइ गर्ने गरेको छ ।
यो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकका लागि सरदर २ करोड मतपत्र छापिने आयोगले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij