Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेयर पदबाट आज राजीनामा दिँदै बालेन

मेयर पदबाट आज राजीनामा दिँदै बालेन

  • काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनले आजै राजीनामा दिएर दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    उनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउने छन् भने राजीनामा पछि डंगोल कार्यवाहक मेयरको भूमिकामा हुने छिन् ।
    बालेन फागुन २१ मा हुने प्रतिनधिसभा सदस्य निर्वाचनमा भाग लिन मेयर पद छोडेन लागेका हुन् । बालेनले झापा–५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवार बन्ने तयारी गरेका छन् ।

    AGNI GROUP

    बालेन आज रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी भएर आजै सभापति रवि लामिछानेसँग जनकपुर जाने कार्यक्रम रहेको छ । रास्वपाले जनकपुरमा सोमबार विशेष सभाको आयोजना गरेर चुनावी कार्यक्रमको शुरुवात गर्दैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij