Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

किन रोकियो बालेनको राजीनामा

किन रोकियो बालेनको राजीनामा

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मेयर पदबाट राजीनामा नदिने मनस्थितिमा पुगेका छन् ।

    onlinepatrika
    Arghakhachi

    ६ गते मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निस्क्रिय हुने भएकाले राजीनामा लेखिराख्नु नपर्ने उनको सचिवालय स्रोतले बतायो ।

    AGNI GROUP

    प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका बालेनले आज राजीनामा दिने भनिएको थियो । उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी गरेका पनि थिए ।

    तर, नेपाली कांग्रेसको विभाजनले उत्पन्न गरेको परिस्थितिमा निर्वाचन तालिका प्रभावित हुनसक्ने आशंकामा राजीनामा नगर्ने रणनीति बनाइएको बुझिएको छ ।

    कांग्रेसको देउवा पक्षले निर्वाचन आयोगबाट आधिकारिक मान्यता गुमाएपछि सर्वोच्च अदालत गुहारेको छ । कांग्रेसले हालेको रिटमा सर्वोच्चले कुनै अन्तरिम आदेश दिनसक्ने भएकाले पनि बालेन राजीनामा दिइहाल्न हच्किएका हुन् ।

    बालेन मेयरबाट राजीनामा नदिइ आज रास्वपा कार्यालय प्रवेश गरेका छन् । उनले आजै रास्वपाको केन्द्रीय समिति वैठकमा भाग लिने कार्यक्रम छ ।

    आजै ५ बजे उनी आफ्नो चुनावी अभियानमा जनकपुर जाँदैछन् । उपमेयरको सचिवालय स्रोतले राजीनामाबारे बालेनले कुनै जानकारी नगराएको बतायो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij