Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बजारमा ग्यास अभाव, बालाजु औद्योगिक केन्द्रमा भिड

बजारमा ग्यास अभाव, बालाजु औद्योगिक केन्द्रमा भिड

  • काठमाडौँ । दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव देखिएको छ । बजारमा अहिले  विशेष गरी नेपाल ग्यासको अभाव चरम रूपमा देखिएको छ । जसका कारण उपभोक्ता मारमा परेका छन् । भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल ग्यासका विक्री केन्द्रहरूमा दुई सातादेखि ग्यास नपाइएपछि खाली सिलिन्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन् । कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ । 

    AGNI GROUP

    बिहान देखी दिनको २ बजे सम्म मात्र ग्यास वितरण गरिने सो कार्यालयमा अहिले दैनिक सयौँ उपभोक्ताहरू लाम बस्ने गरेका छन् । यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट