Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष तमू धीं युकेले विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति पौडेललाई भेटेर बेलायतमा भोगेका समस्याहरू नेपालीले भोगेका समस्याहरूको बारेमा विभिन्न ५ बुँदे माग राख्दै तमू धीं युकेका प्रतिनिधिले ज्ञापनपत्र बुझाएको हो ।
एनआरएनएलाई वंशजको आधारमा नेपाली नागरिकता उपलब्ध गराउने,बेलायतमा रहेका भूपू सैनिकहरूको सेवासुविधा र त्रिपक्षीय, तमू धीं युके को नेपालमा लगानीका लागि अनुकूल वातावरण,संस्कृति, संस्कार र पर्यटन क्षेत्रमा सहकार्य र बेलायतका लागि गुरुङ राजदूत नियुक्ति गर्ने लगायतका ५ बुँदे माग राष्ट्रपतिसमक्ष राखेको महासचिव डा.विशाल गुरुङले जानकारी दिए ।
यी मागहरुमा राष्ट्रपति पौडेलले सकारात्मक भूमिका रहने विश्वास गरेको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij