Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत सुनसरी १ बाट श्रम संस्कृति पार्टीका हर्क साम्पाङ विजयी भएका छन् ।
उनको जितसँगै रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले हर्कलाई बधाई दिएका छन् ।
उनले लेखेका छन्– ‘तपाईलाई सँधै माया थियो, छ र रहनेछ । तपाई र धरानलाई सँधै माया छ ।’
हर्क साम्पाङको पोस्टमा बालेनले कमेन्ट गर्दै बधाई दिएका हुन् । उनले लेखेका छन्– ‘तपाईलाई सँधै माया थियो, छ र रहनेछ । तपाई र धरानलाई सँधै माया छ ।’ बालेनको यसप्रकारको कमेन्टले आगामी सरकार गठनमा हर्क नेतृत्वको श्रम संस्कृति पार्टीसँग पनि सहकार्य गर्ने बुझिन्छ ।
हर्कले बालेनविरुद्ध खनिँदै पोस्टहरु गर्दै आएका थिए । निर्वाचनअघिसम्म पनि हर्कले बालेनमाथि नकरात्मक टिप्पणी गर्दै आएका थिए । कुनै समय काठमाडौंमा बालेनसँग भेट गर्दै प्रशंसा गरेका हर्क पछिल्लो समय भने बालेनसँग रुष्ट थिए ।
यता, रास्वपाबाट भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका बालेनले झापा ५ मा झण्डै ५० हजारको मतान्तरले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij