Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोह

प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोह

  • काठमाडौं । राष्ट्रपतिरामचन्द्र पौडेलले प्रधानमन्त्री पदमा बालेन शाहलाई शपथ ग्रहण गराउँदैछन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री पदमा बालेन शाहलाई शपथ ग्रहण गराउन लागेका हुन्।

    onlinepatrika
    Arghakhachi

    रास्वपाले एकल बहुमत ल्याएपछि संसदीय दलका नेता शाहलाई संविधानको धारा ७६९१० अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।

    AGNI GROUP

    गत फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले १८२ सिट जित पारेको थियो। रास्वपाका सभापति रवि लामिछाने र शाहबीच बिहीबार मध्यरातिसम्म मन्त्रिपरिषद् टुंग्याउने विषयमा छलफल भएको थियो। शुक्रबार मध्याह्न १२:३४ बजेको शुभ साइतमा शाहले शितल निवासमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट