Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुकुमवासी बस्ती हटाउने क्रममा

बस्ती खाली गर्दा तीन विद्यालय भत्किए

बस्ती खाली गर्दा तीन विद्यालय भत्किए

  • काठमाडौँ

    onlinepatrika
    Arghakhachi

    काठमाडौँ उपत्यकाका नदी किनारका अतिक्रमित तथा सुकुमवासी बस्ती हटाउने क्रममा भत्काइएका तीन सामुदायिक विद्यालयका विद्यार्थीले नजिकैको विद्यालयमा पढ्न थालेका छन् । बस्ती खाली गर्ने क्रममा भत्काइएको काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालय र बालकल्याण आधारभूत विद्यालयका छात्रछात्रालाई नजिकैको सामुदायिक  विद्यालयमा स्थानान्तरण गरिएको छ । काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत नेत्रप्रसाद पौडेलले दुवै विद्यालयमा विद्यार्थी, शिक्षक र सम्पत्ति व्यवस्थापन हुने बताउनुभयो ।

    AGNI GROUP

    बुद्धज्योतिलाई नजिकैको कामनापा– १६ कै तरुण माध्यमिक विद्यालयमा र बालकल्याणलाई कामनपा १७ को नेपाल युवक मावि, पकनाजोलमा स्थानान्तरण गरिएको छ । बालकल्याणमा पनि १२० जना विद्यार्थी  थिए । बुद्धज्योतिमा रहेका प्रारम्भिक बालविकासदेखि कक्षा ८ सम्ममा १२० विद्यार्थीमध्ये ४५ जना  तरुण माविमा भर्ना भइसकेका उक्त माविका प्रधानाध्यापक बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।

    बुद्धज्योतिका ११ जना शिक्षक पनि तरुण माविमा स्थानान्तरण भएका छन् । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले स्थानान्तरणको पत्र दिएसँगै आफूहरु तरुण माविमा हाजिर भई काम गर्न थालेको बुद्धज्योतिका तत्कालीन प्रधानाध्यापक सन्तराम श्रेष्ठले बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट