Logo

Aug 19 2025 | २०८२, भदौ ३ गते

Aug 19 2025 | २०८२, भदौ ३ गते

जापानको सपना देखाउनेहरु च्याप्पै

जापानको सपना देखाउनेहरु च्याप्पै

  • काठमाडौं । 'जापान पठाइदिन्छु' भन्दै नगद ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीकी शुभद्रा परियार, ईलाम सूर्योदय नगरपालिका-४ श्रीअन्तु घर भएकी पुजा राई, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चे घर भएका राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका-७ खरिपाटी बासँवारी बस्ने २१ वर्षीया दिपिका केसी रहेका छन् ।

    images
    images
    images

    सामाजिक संजाल फेसबुकमा “टानाकायोका” को नामबाट फेसबुक प्रयोग गरी आफु 'जापानको ‘इमिग्रेसन’ मा काम गर्ने जापानको नागरिक हो' भन्दै पीडितहरुसँग चिनजान गरी जापान जान वर्किङ भिषा प्रक्रियाको लागि रकम पठाउनुपर्छ भनि प्रलोभनमा पारी उक्त नगद विभिन्न बैंक खातामा डिपोजिट गर्ने लगाई जापान नपठाई सम्पर्कविहीन भएको ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij