
Aug 19 2025 | २०८२, भदौ ३ गते
काठमाडौँ । सामाजिक सञ्जालमा निक्कै भाइरल भएको एक भिडियो जसमा वडाध्यक्षले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेको देखिन्छ। युवकलाई बाँधेर कुट्ने वडाध्यक्ष पक्राउ परेका छन् । जनप्रतिनिधिको यो क्रुर व्यवहारको चौतर्फी विरोध भएपछि वडाध्यक्ष पक्राउ परेका हुन् । ती युवालाई कुटपिट गर्ने जनप्रतिनिधि जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली हुन् ।
स्थानीय युवकलाई डोरीले बाँधेर कुटपिट गरी यातना दिएको आरोपमा उनी पक्राउ परेका हुन् । उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij