
Aug 20 2025 | २०८२, भदौ ४ गते
महानगरीय प्रहरी वृत्त सातदोबाटोको अनुसन्धानले बिना बिल सुन किन्ने र बेच्ने कार्यमा संलग्नलाई ललितपुरको विभिन्न क्षेत्रबाट पक्राउ गरिएको छ ।
ललितपुर । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले सुन र नगद चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ । सातदोबाटो वृत्तका प्रमुख, डीएसपी दिनेश घिमिरेका अनुसार सुन र नगद चोरी गर्ने कार्यमा संलग्नलाई पक्राउ गरेको हो ।
गत भदौ २ गते ललितपुर–१३ कुसुन्तीस्थित शान्ता लामिछानेको घरबाट करिब १० तोला सुनको गरगहनाहरु र १० लाख रुपैयाँसमेत चोरी गरेका थिए । वृत सातदोबाटोको अनुसन्धानले चोरीको गरगहना किनबेच समेत गरी सुनको स्वरुप परिवर्तन गर्ने कार्यमा संलग्न र बिना बिल सुन किन्ने र बेच्ने कार्यमा संलग्नलाई ललितपुरको विभिन्न क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij