
Aug 20 2025 | २०८२, भदौ ४ गते
दिउँसो पाँचबजेसम्म बिशेष छलफलमा व्यस्त बनेका ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाले ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, प्रहरी परिसरका प्रमुख एसएसपी किरण बज्राचार्यसँग पुल्चोक फल्चाको सम्बन्धमा निर्णय खोज्दै थिए ।
ललितपुर । ललितपुरका प्रमुख जिल्ला अधिकारी रहेका ढुण्डिराज निरौलाको गृह मन्त्रालय काज सरुवा भएको छ । निरौलाको समयावधि करिब आठ महिना १२ दिनमात्रै पुगेको थियो ।
निरौलाले जाँदाजाँदै सार्वजनिकरुपमै लेखेका छन्, ‘ललितपुुर प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीपश्चात् गृह मन्त्रालय फिर्ता । गत आर्थिक वर्ष निकै पछि रहेको ललितपुर जिल्लालाई यो पटक द्वितियमा पु¥याउन सक्दाको खुशीले बाँकी कुरा ओझेलमा ।’
यसो त, प्रजिअ निरौलाले सरुवाको पत्र प्राप्त नहुँदासम्म ढुक्कै थिए । बुधबारकै दिन निरौलाको सरुवा भएको हो । सोहीदिन दिउँसो पाँचबजेसम्म बिशेष छलफलमा व्यस्त बनेका निरौलाले ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन, प्रहरी परिसरका प्रमुख एसएसपी किरण बज्राचार्यसँग पुल्चोक फल्चाको सम्बन्धमा निर्णय खोज्दै थिए ।
निरौलाले ललितपुरमा प्रजिअ भएदेखि नै केही नयाँ शैलीको काम कारवाहीको विकास गर्न खोजेका थिए । कामको सिलसिलामै व्यस्त रहँदा उनको सरुवा नहुनेमा ढुक्क नै थिए । किनकी उनले ललितपुरको समिक्षा पेश गर्दा र मन्त्रालयसँगको सम्बन्धले पनि ललितपुरलाई चलाउँदैन भन्ने सम्बन्धमा विश्वस्त थिए । तर बुधबार एक्कासी सरुवा भएको खबरले निरौलाले खुशी देखिएका थिएनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij