Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाण्डौ । आज ३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै । अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता भन्ने नारासहित विश्वभर पाङ्गता दिवस मनाइँदैछ ।
नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँदैछ ।
संयुक्त राष्ट्र सङ्घले सन् १९८२ को डिसेम्बर ३ तारिखमा अपाङ्गता सम्बन्धि विश्व कार्ययोजना पारित गरि सन् १९९२ देखि दिवस मनाउन थालिएको हो ।
अपाङ्गता भएकाहरुले समस्याकाे छलफलसँगै चुनौतीको समाधान निकाल्न, जागरण फैलाउन र अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो ।
नेपालमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या कति छ भन्ने तथ्याङ्क छैन । उनीहरु कहाँ–कस्तो अवस्थामा रहेका छन् भन्ने कुराको जानकारी समेत नभएको राष्ट्रिय अपाङ्ग महासङ्घले जनाएको छ । २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सङ्ख्या साढे पाँच लाख थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij