Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

स्थानीय तहको निर्वाचन वैशाख १४ मा!

स्थानीय तहको निर्वाचन वैशाख १४ मा!

  • काठमाडौँ । निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक आगामी १४ वैशाखमा निर्वाचन गर्नेगरी सरकारसमक्ष मिति प्रस्ताव गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    आयोगका पदाधिकारी, प्रधानमन्त्री र सरकारका मन्त्रीबीच शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आयोगकातर्फबाट स्थानीय तहको निर्वाचनका लागि १४ वैशाखको मिति प्रस्ताव भएको हो ।

    AGNI GROUP

    आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्नेगरी आयोगका तर्फबाट १४ बैशाखको मिति प्रस्ताव गरिएको जानकारी दिए ।

    ‘आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्नेगरी १४ वैशाखको मिति प्रस्ताव गरेको छ, कुनै कारणवश एकैपटक हुन नसकेको अवस्थामा पनि आयोगले विकल्पको प्रस्ताव पनि राखेको छ, सरकारबाट थप निर्णय होला,’ प्रमुख आयुक्त थपलियाले भने ।

    स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को व्यवस्थाबमोजिम स्थानीय तहको निर्वाचन गराउन आयोगले सिफारिस गर्ने र नेपाल सरकारबाट मिति तोक्ने व्यवस्था छ ।

    आयोगको प्रस्तावपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार निर्वाचन गर्न तयार रहेको र आयोगलाई सरकारका तर्फबाट निर्वाचनको वातावरण बनाउनेतर्फ पूर्ण सहयोग रहने भन्दै अन्य राजनीतिक दलहरूसँग सरकारले निर्वाचन’दयगत थप छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सो क्रममा प्रधानमन्त्री देउवासमक्ष आयोगका पदाधिकारीहरूले एकैपटक निर्वाचन गर्न नसकिने अवस्था आएमा भने १४ वैशाखमा पहिलो र २२ वैशाखमा दोस्रो चरणमा निर्वाचन गर्न सकिने गरी सरकारलाई विकल्प दिएका हुन् । यो समाचार हामीले आजको राजधानी दैनिकबाट साभार गरेका हौँ ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij