Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री कुन्तीकुमारी शाहीले नेकपा (माओवादी केन्द्र)को महाधिवेशन युवा तथा महिलामैत्री नीति निर्माणमा केन्द्रित हुनुपर्ने बताएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माअेवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने क्रममा महामन्त्री शाहीले मुलुकमा रोजगारीको अभावमा युवा वर्ग विदेशिन परेको वास्तविकतालाई दृष्टिगत गर्नुपर्नेमा जोड दिएकी हुन् ।
महाधिवेशनमा स्वदेशमा रोजगारी सिर्जना गर्ने क्षेत्रमा नीति निर्माण गर्नुपर्ने सुझाव दिँदै उनले नेतृत्वमा महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताइन् । उनले मौलिक संस्कृतिको संरक्षण गरी वैदेशिक हस्तक्षेप अन्त्य गर्न सकिने बताउँदै विभिन्न दलका फरक विचार भए पनि राष्ट्रियता सुदृढिकरणका सन्दर्भमा एकजुट हुनुपर्ने उल्लेख गरिन् ।विचारभन्दा पनि राष्ट्रिय स्वाभिमानलाई बलियो बनाउन खाँचो रहेको उनले बताइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij