Jun 21 2026 | २०८३, असार ७ गते
ललितपुर । अनलाइन पत्रिका मिडिया हाउसले फोनिज ललितपुरको नयाँ कार्यसमितिलाई बधाई तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ । अनलाइन पत्रिकाको केन्द्रिय कार्यालयमा फोनिजको कार्यसमितिलाई स्वागत गर्दै बधाई दिइएको हो ।
अनलाइन पत्रिका मिडिया हाउसका अध्यक्ष सुविनकुमार श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै भन्नुभयो, ‘यहाँहरुको कार्यकाल स्मरणीय र उल्लेखनीय कार्यमा केन्द्रित बनोस् ।’
उक्त स्वागत तथा बधाई कार्यक्रममा फोनिजका अध्यक्ष संजय श्रेष्ठ, उपाध्यक्ष प्रकाश थिङ, सचिव सुनिता बाटाजु, कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ तथा सदस्यहरुमा विशु गुरुङ, सनीराज शाक्य, किरण शाहीको उपस्थिती रहेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij