Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

समानुपातिक विज्ञापनका लागि सहजीकरण गरिदिन माग

समानुपातिक विज्ञापनका लागि सहजीकरण गरिदिन माग

  • काठमाडौं । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले जिल्लामा सञ्चालित सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापनका लागि सहजीकरण गरिदिन उद्योग सङघ तथा उद्योग वाणिज्य सङ्घसँग आग्रह गरेको छ ।  

    onlinepatrika
    Arghakhachi

    महासङ्घका जिल्ला अध्यक्ष मणिराज गौतमको नेतृत्वको टोलीले दुवै संस्थाका पदाधिकरीसँग आज छलफलमा उहाँले  हेटँौडामा रहेका राष्ट्रिय तथा बहुराष्ट्रिय उद्योगले स्थानीयस्तरमा नै सञ्चालनमा रहेका सञ्चार संस्थालाई बेवास्था गरी ठूला सञ्चार गृहलाई मात्र विज्ञापन उपलब्ध गराउँदै आएकामा अब समानुपातिक ढङ्गबाट विज्ञापन  वितरण गरिनुपर्ने धारणा राख्नुभयो ।  साथै उहाँले उद्योगको प्रवद्र्धन तथा प्रचारप्रसारको क्षेत्रमा स्थानीय सञ्चार माध्यमले पु¥याएको भूमिकालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । 
     
    सो सङ्घका वरिष्ठ उपाध्यक्ष  स्वागतराज प्याकुरेलले  नकारात्मक समाचारको मात्रै चर्चापरिचर्चा भइरहँदा त्यसको मझौला उद्योलाई पनि प्रभाव पारिरहेको उल्लेख गर्दै औद्यौगिक  क्षेत्रभित्रका सकारात्मक समाचारलाई धेरै भन्दा धेरै प्राथमिकता सञ्चारमध्यमले दिनुपर्ने आग्रह गर्नुभयो ।

    AGNI GROUP

    उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले केही समयदेखि सञ्चार माध्यम र  सङघबीच सञ्चार मैत्रीवातावरणमा कमी देखिएको  जनाउँदै पछिल्लो समय अनलाईन सञ्चारमाध्यम धेरै भएकाले  विज्ञापन वितरणमा समस्या भएको बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij