Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

भक्तपुरमा कार दुर्घटनाः एकको मृत्यु, दुई जना घाइते

भक्तपुरमा कार दुर्घटनाः एकको मृत्यु, दुई जना घाइते

  • काठमाडाैँ । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु,  दुई जना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्गबाट काठमाडौँ जाँदै गरेको बा ४ च ५७६ नम्बरको कार डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    सो कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठक्कर दिँदा कारमा सवार धनुषा उपमहानगरपालिका–१५ घर भई काठमाडौँ महानगरपालिका शान्तिनगर बस्ने वर्ष २२ का अभिषेक शाहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । 
    दुर्घटना भएलगत्तै घाइते भएका तीनै जानलाई उपचारका लागि मध्यपुर अस्पतालमा उपचारकै क्रममा शाहको गए राति मृत्यु भएको उनले जानकारी दिए ।

    AGNI GROUP

    दुर्घटनामा कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते भएका छन् । घाइते घिसिङको मध्यपुर अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको उनले जानकारी दिए। 



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij