Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

नागरिकता नै बन्धकी 

नागरिकता नै बन्धकी 

  • सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ कविलासाको एक दलित परिवारमा  । उक्त स्थान निवासी रामविलास सदाले स्थानीय साहू रवि मण्डलसँग रु २० हजार ऋण पाउनका लागि आफ्नो नागरिकता प्रमाणपत्र नै बन्धनकीमा राख्नु परेको छ । 

    onlinepatrika
    Arghakhachi

    “गत २०७६ चैत महिनामा कोरोना महामारी फैलिन नदिन सरकारले लकडान गरेका बेला सबै काम बन्द भएर गुजारा चलाउन नै मुश्किल भएकाले गाउँले रविसँग ऋण माग्न गएँ”, ६० वर्षीय सदाले भन्नुभयो, “तर रविले ऋण पाउन कुनै समान बन्धकी राख्नुपर्छ, नत्र ऋण पाइनन् भनेर फर्कायो ।” आफूसँग बन्धकीमा राख्ने कुनै समान नहुँदा साहूकहाँ नागरिकता नै राख्नु परेको सदाको दुखेसो छ ।“मसँग बन्धकीमा राख्न न कुनै जग्गा छ, न त कुनै गरगहना वा चलअचल सम्पत्ति नै”, उहाँ भन्नहुन्छ, “त्यतिकै ऋण दिनुस् म मजदुुरी गरेर विस्तारै तिरिदिन्छु भनेर आग्रह गर्दा सुरुमा साहू रविले मान्नु भएन, पछि बन्धकीमा नागरिकता नै राख्नुपर्छ भन्दै नागरिकता लिनुभयो”, नागरिकता बन्धकीमा राखेपछि ठूलो समस्यामा परेको सदाको गुनासो छ ।

    AGNI GROUP

    ऋणका लागि नागरिकता बन्धकीमा राखेपछि अहिले सदाकी श्रीमती सावित्रीदेवीलाई नागरिकताको प्रमाणपत्र बनाउन कठिन भएको छ । “पत्नीको नागरिकता बनाउन पतिको नागरिकता आवश्यक गरिएको छ क्यारे”, उहाँले भन्नुभयो, “ वडाध्यक्षबाट नागरिकताका लागि  सिफारिस गराएर सबै कागजात लिइ पटकपटक बोदे बर्साइनस्थित इलाका प्रशासन कार्यालय पुगेँ तर पतिको नागरिकता नल्याएसम्म नागरिकता बनाउन मिल्दैन भनेर फर्काइदिए ।” एकातिर पतिको नागरिकता बन्धकीमा छ अर्कोतिर आफ्नो नागरिकताका लागि पतिको नागरिकता ल्याउनु भन्छ, त्यसैले ठूलो समस्यामा परेको सावित्रीदेवीको गुनासो छ । 

    दलित बस्तीका हरुवा चरुवा परिवारलाई लक्ष गरी व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरण कार्यक्रम सञ्चालन गर्दै आएकोे केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरी बताउनुहुन्छ  । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij