Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

हिउँदे वर्षाले किसानमा खुशी

हिउँदे वर्षाले किसानमा खुशी

  • काठमाडौं । पाल्पालगायत पहाडी जिल्लामा परेको हिउँदे वर्षाले अन्नबालीमा सिँचाइको सुविधा पुगेको छ । लामो समयदेखि पानी नभएका बेला दुई दिनसम्म परेको हिउँदे वर्षाले किसान उत्साहित भएका छन् । मौसमी सिँचाइ भने चार हजार ८७१ हेक्टर क्षेत्रफलमा मात्रै गर्न सकिने कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । आकाशे पानीका भरमा खेती गर्ने पहाडका अन्नबालीलाई हल्का वर्षाले सिँचाइको रूपमा काम गरेको किसान बताउँछन् ।

    onlinepatrika
    Arghakhachi

    सिँचाइ सुविधा अभावमा अन्नबाली राम्रो उत्पादन नहुने डाँडाबस्तीका किसान खुशी भएका हुन् । अहिलेको वर्षाले गहँ, तोरी, मसुरो, चनालगायतका बाली तथा र आलु, काउली, बन्दालगायतका तरकारी खेतीमा वृद्धि हुने आशा किसानले गरेका छन् । आकाशे पानीको भरमा खेती लगाउने डाडाँका बस्तीसँगै फाँटमा लगाएको बालीमा समेत वर्षाले राम्रो भएको हुँदा आफू खुशी भएको बगनासकाली–३ का किसान राजु रानाले बताउनुभयो । सिँचाइ अभाव भएको खेतबारी वर्षा किसानका लागि अमृतसरह भएको उहाँले बताउनुभयो ।

    AGNI GROUP

    गत असोजदेखि नै पानी नपरेका कारण खेतीयोग्य जमिन सुक्खा भएको बेला पानी परेपछि हिउँदे बालीका साथै तरकारी खेतीको उत्पादनमा वृद्धिमा वर्षाले राम्रो प्रभाव पारेको स्थानीय बासिन्दा रामबहादुर घर्तीले बताउनुभयो । केही मात्रामा चिसो बढ्ने र थोरै बालीमा नोक्सानी गरे पनि अहिलेको वर्षाले उत्पादनमा वृद्धि ल्याउने अपेक्षा गरेको किसान बताउँछन् । पाल्पामा कूल एक लाख ३६ हजार ५९५ हेक्टर खेतीयोग्य जमिन रहेकामा आठ हजार ८०५ हेक्टर खेतमा वर्षायाममा सिँचाइ सुविधा उपलब्ध छ । अन्य समयमा तीन हजार ९३४ हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij