Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

काठेखोला गाउँपालिका ‘पेपर लेस’ गाउँपालिका बने

काठेखोला गाउँपालिका ‘पेपर लेस’ गाउँपालिका बने

  • बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ‘पेपर लेस’ गाउँपालिका बनेको छ । कार्यालयबाट सम्पादन हुने सबै काम अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने काठेखोला जिल्लाकै पहिलो गाउँपालिका हो । 

    onlinepatrika
    Arghakhachi

    दश स्थानीय तह रहेको बागलुङमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा काठेखोला सूचना प्रविधिमा पहिलो भएको थियो । ‘डिजिटल गाउँपालिका’ बनाउने अभियानअन्तर्गत कार्यापालिकाको कार्यालयदेखि वडा तहसम्मका सबै काम अनलाइन प्राणालीमार्फत गर्न थालिएको गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो । 

    AGNI GROUP

    “विभिन्न घटना दर्तादेखि पञ्जीकरणका काम सबै वडाबाट अनलाइन प्रविधिमा प्रविष्ट गर्ने हाम्रो गाउँपालिका देशकै पहिलो हो”, अध्यक्ष थापाले दाबी प्रस्तुत गर्दै भन्नुभयोे, उनले “हामी जिल्लाभरका पालिकाका लागि उदाहरण बनेका छौँ, “गाउँपालिकाको चित्र बोल्ने डिजिटल प्रोफाइल हामीले तयार गरेका छौँ”, थापा भन्नुहुन्छ, 

    गाउँपालिकाको पूर्वाधार विकास समितिका संयोजक प्रेम लामिछानेले भन्नुभयोे, “कम्तीमा हामीले आत्माग्लानी हुने काम गरेका छैनौँ, कुनै न कुनै क्षेत्रमा हामी अब्बल छौँ भन्ने कामले देखाउनेछन् ।”

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij