Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

विमानस्थल पसेपछि पर्यटनमन्त्रीलाई पीडा

विमानस्थल पसेपछि पर्यटनमन्त्रीलाई पीडा

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिनुभएको हो ।

    onlinepatrika
    Arghakhachi

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिनुभएको छ ।

    AGNI GROUP

    भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिनुभएको हो ।

    उहाँले भन्नुभयो, “ठाउँ साँघुरो भयो, कोरोना जोखिमलाई मध्यनजर गरी आवागमन कक्ष फराकिलो बनाउनुस्, यात्रुलाई दुःख नहोस् ।” सोे निर्देशन पछि आवागमन कक्ष फराकिलो बनाउनका लागि काम अगाडि बढाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बताउनुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij