Jun 22 2026 | २०८३, असार ८ गते
कपिलवस्तुको कृष्णनगर नगरपालिका–६ स्थित श्रीनगरमा पत्नीलाई हत्या गरेर आगो लगाएर भागेका युवकलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ ।
भारतको सिद्धार्थनगर जिल्ला स्थित ग्राम धन्सा घर भएका ३० वर्षीय सिकन्दर चमार उर्फ मुलायमलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सार्वजनिक गरेको छ।
सिकन्दरलाई पुस २७ मा कपिलवस्तुको यशोधरा गाउँपालिका–६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले बताए ।
कृष्णनगर नगरपालिका–६ स्थित श्रीनगर गाउँमा ससुराली आएका सिकन्दर चमारले २०७१ चैत १ मा पत्नी किस्लावती चमारलाई हत्या गरेर जलाएका थिए ।
‘हत्यापछि जलाएर आरोपी भागेका थिए’ डिएसपी धर्मराज भण्डारी भन्छन्–‘घरबाट ३ सय मिटर पर जलेको अवस्थामा शव फेला परेको थियो ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij