Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडाैँ । विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरुष जुनियरतर्फको वरीयतामा दाहाल शीर्षस्थानमा उक्लिएका हुन्। १९ वर्षीय प्रिन्स दाहालले १० हजार ४०० अंक बटुल्दै पहिलो पटक शीर्षस्थानमा उक्लिएका हुन्।
विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले आफ्नो सपना पूरा भएको बताए। उनले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुशी लागेको बताए। अबको ध्यान वरीयतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij