Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौँ । धरानमा एक पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको छ। सुनसरीको धरान उपमहानगरपालिका-१८ का ७६ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए। उनको उपचारकै क्रममा मृत्यु भएको हो। प्रतिष्ठानले उनमा पुस २८ गते कोरोना पुष्टि भएको जनाएको छ।
मृतक कलेजो र मिर्गौलासम्बन्धी समस्याबाट ग्रसित रहेको अस्पतालले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij