Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री बलदेव तिमल्सिनाले अहिले सञ्चालनमा रहेका परीक्षाहरुलाई अनलाइन माध्यमबाट गराउन माग गरेका छन्।
कोभिड-१९ को संक्रमण बढिरहेकाले त्रिभुवन विश्वविद्यालय ,पूर्वाञ्चल विश्वविद्यालय लगाएत सबै विश्वविद्यालयका परीक्षा अनलाइनबाट गर्न उनको माग छ।
यस्तै, उनले अनलाइनबाट परीक्षा गर्नुपर्ने माग गर्दै धर्नामा बसेका नेविसंघका विद्यार्थीमाथि प्रहरीले धरपकड गरेको भन्दै आपत्ति जनाएका छन्।
पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित एलएलबी चौथोँ वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा विद्यार्थीबाट भएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको उनको भनाइ छ। उनीहरुलाई अविलम्ब रिहा गर्न उनको माग छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij