Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौँ। काठमाडौँ उपत्यकामा सवारी साधनमा आज रातिदेखि जोरबिजोर प्रणाली लागु हुने भएको छ । काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेपछि प्रशानसले कडाइ गरेको हो ।
औषधि, स्वास्थ्य सामाग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षिका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु हुने छैन ।
प्रशासनका अनुसार उपत्यकामा चल्ने सार्वजनिक र निजी सवारी साधनहरू (दुई पांग्रे सहित) देहाय बमोजिम हुने गरी सञ्चालन गर्नुपर्ने छः
१, जिल्ला भित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने,
२, सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,
३, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने,
४, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्ने,
५, चालक तथा सहचालकले मास्क र फेस९सिल्ड लगाउनु पर्ने,
६, सवारी साधनलाई दैनिक रूपमा निसङ्क्रमित गर्नु पर्ने,
७, सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रूपैया लिई मास्क उपलब्ध गराउनु पर्ने,
८, मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने ।
९, लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरु देखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला कोभिड९ १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई उपलध गराउने,
१०, लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij