Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

निःशुल्क पीसीआर परीक्षण गर्न नेविसंघको माग

निःशुल्क पीसीआर परीक्षण गर्न नेविसंघको माग

  • काठमाडौँ । नेविसंघले कोभिड-१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ती जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाइएको सकारात्मक कदमको सह्राना गर्दै पीसीआर परीक्षण पूर्ण निःशुल्क गराउन सरकार तथा स्वास्थ्य मन्त्रालयसँग माग गर्दछु, जारी विज्ञप्तीमा भनिएको छ।

    AGNI GROUP

    स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएर सरकारी अस्पतालमा ८०० रुपैयाँ र निजी अस्पताल तथा ल्याबहरुले १५०० रुपैयाँ शुल्क तोकेको छ। यसअघि सरकारीमा १००० रुपैयाँ र निजीमा २००० रुपैयाँ शुल्क तोकिएको थियो।

    संक्रमणको दर उच्च भएकोले सबै नागरिकको हितलाई ध्यान राख्दै देशभरका स्वास्थ्य संस्थाहरुबाट  निःशुल्क पसीआर परीक्षण हुनुपर्ने  नेविसंघले अपिलसमेत गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij