Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौँ । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाएका तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ।
नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको आयोगले जानकारी दिएको छ।
यी दलले जरीवाना पनि नबुझाएको आयोगले जनाएको छ। यी दल २०७३/७४ मा आयोगमा दर्ता भएका थिए।
लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म गरिवाना गर्ने गर्छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij