Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

सोमबारसम्म वर्षा र हिमपातको  सम्भावना

सोमबारसम्म वर्षा र हिमपातको  सम्भावना

  • काठमाडौँ- पश्चिम नेपालबाट फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ । यसअघि रहेको न्यून चापीय प्रणाली कमजोर बनेका बेला फेरि अर्को प्रणाली प्रवेश गरेपछि शनिबार, आइतबार र सोमबार नेपालभर असर गर्ने आँकलन गरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    महाशाखाका अनुसार यो प्रणालीका कारण सोमबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी र तराई भूभागका केही स्थानमा  मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानमा हल्का वर्षा हुनेछ ।उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ। यो मौसम प्रणाली मंगलबारदेखि कमजोर हुँदै जाने छ । 

    AGNI GROUP

    'यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण,  कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत केही असर पर्न सक्ने साथै तापक्रममा पनि गिरावट हुन सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध  छ,' महाशाखाले भनेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij