Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौँ । काठमाडौँको मित्रपार्कमा एक युवकको शव फेला परेको छ। काठमाडौँ महानगरपालिका-७ मित्रपार्कस्थित ओह्रालोमा ती युवकको शव फेला परेको हो।
उक्त स्थानमा केही युवाहरूले झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा युवकको शव फेला परेको महानगरीय प्रहरी परिसरले जानकारी दिए।
प्रहरीले घटनास्थलमा रहेका दुई जनालाई पक्राउ गरेको र एक जना भने फरार छन्।
पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल छन्।
मृतकको परिचय पनि खुलेको छैन।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij