Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

भारतले नेपाललाई दिने अनुदान घटायो

भारतले नेपाललाई दिने अनुदान घटायो

  • भारत सरकारले नेपाललाई दिदैँ आएको अनुदान सहयोग घटाएको छ। भारत सरकारका केन्द्रिय वित्त मन्त्री निर्मला सीतारमणले प्रस्तुत गरेको आर्थिक वर्ष २०२०/२१ को बजेटमा छिमेकी मुलुकहरुलाई दिइने अनुदान सहयोग शीर्षक अन्तर्गत नेपाललाई दिइने रकम घटाइएको हो।

    onlinepatrika
    Arghakhachi

    गत वर्षको तुलनामा आर्थिक वर्ष २०२०/२१ मा ४ अर्ब घटाएर यो रकम ८ अर्ब पुर्‍याइएको छ। गत वर्ष सो रकम १२ अर्ब रहेको थियो। 

    AGNI GROUP

    दक्षिणएशियामा बाङ्लादेश र माल्दिभ्सलाई दिने सहायता रकम भने बढाएको छ। गत वर्ष बाङ्लादेशलाई दुई अर्ब भारु छुट्याइएकोमा यो वर्ष त्यसलाई बढाएर तीन अर्ब भारु पुर्‍याइएको छ।

    त्यसै गरी माल्दिभ्सलाई दिने सहयोग दुई अर्ब ५० करोड भारुबाट बढाएर तीन अर्ब ६० करोड भारु बनाइएको छ । तर, अफगानिस्तानलाई दिने सहयोग रकम घटाइएको छ।

    भारतले छिमेकीहरूमध्ये सबैभन्दा धेरै सहयोग भुटानलाई गर्छ। भुटानलाई सन् २०२२–२३ मा २२ अर्ब ६६ करोड भारु सहयोग प्रस्ताव गरिएको छ। यो गत आर्थिक वर्षको भन्दा थोरै हो। गत वर्ष भुटानलाई ३० अर्ब भारु सहयोग छुट्याइएको थियो ।

    दक्षिणएशियामा भारतले भुटानपछि सबैभन्दा धेरै सहयोग छुट्याउने मुलुक नेपाल हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij