Jun 22 2026 | २०८३, असार ८ गते
पाँचथरमा लेक लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फालेलुङ गाउँपालिका-५ टुनीबोटेका ३१ वर्षीय विशाल मगरको फालेलुङ-५ धुपीडाँडामा लेक लागेर बिहीबार बिहान ३ बजे मृत्यु भएको हो ।
चौंरी गोठतर्फ लागेका विशाल घरबाट करिब १५ किलोमिटरमाथि हिमपातका कारण गोठतर्फ जान नसकी घर फर्कने क्रममा घुपीडाँडा आइपुग्दा लेक लागेर बेहोस भएका उनको बिहिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij