Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडाैँ । सल्यानमा गएराती चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हिजो राती परेको चट्याङले बनगाड कुपिण्डे नगरपालिका -७ लामासरा कि ४० वर्षीया रामकली कामिको मृत्यु भएको हो ।
अहिले सल्लिबजारबाट एक प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । यसैबीच पश्चिमा वायुका प्रभावका कारण हिजोदेखि देशभर वर्षा भइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij