Logo

Jun 22 2026 | २०८३, असार ८ गते

Jun 22 2026 | २०८३, असार ८ गते

'आजपनि वर्षा/हिमपात जारी नै रहनेछ' - मौसम पूर्वानुमान महाशाखा

'आजपनि वर्षा/हिमपात जारी नै रहनेछ' - मौसम पूर्वानुमान महाशाखा

  • हिमपात र वर्षा गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा जारी छ। जसका कारण यतिबेला प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। यस क्रममा प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका पूर्वी तथा मध्य भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    AGNI GROUP

    यस्तै आज राति प्रदेश १, मधेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली रहनेछ। तराईमा भने मौसम सामान्यतया सफा रहने जानकारी महाशाखाले दिएको छ। 

    आइतबार दिउँसो देशभर मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको विवरणमा काठमाडौँमा शुक्रबार ४१ मिलिमिटर वर्षा भएको छ। बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ। फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij