Jun 22 2026 | २०८३, असार ८ गते
शुक्रबार राति भोक्राहा नरसिंह नगरपालिका-३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना ५ ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना ८ ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए । दुर्घटनापछि दुवै सवारिमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक रहेका छन् । दुई जनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बु र इलामका गोपाल दाहाल घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij