Jun 22 2026 | २०८३, असार ८ गते
कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकप्टर पठाउने तयारी गरेको छ ।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले ग्राग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पठाउन लागेका हुन् । ‘हिउँ पाँच फिट जति परेको सूचना प्राप्त भएको छ, त्यहाँ हेलिकप्टर बस्न सक्ने अवस्था छैन’, मुख्यमन्त्री शाहीले भने, ‘भोकबाट बचाउन तत्काल उनीहरुका लागि खानेकुरा खसाल्ने तयारी छ।’
जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिको उद्धारको तयारी भइरहेको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij